दफा १०
नीतिमा संशोधन

१०. नीतिमा संशोधन

जैविक प्रविधिगत क्षेत्रमा भैरहेको द्रूततर विकासको कारणले गर्दा प्रविधिको विकास एवं सेवा विस्तारको आवश्यकता अनुसार दुई–दुई वर्षमा प्रस्तुत नीतिको पुनरावलोकन गरी संशोधन गर्न सकिनेछ । तर विभिन्न क्षेत्रहरूको सुझावमा सो समयभन्दा अगावै पनि यसलाई पुनरावलोकन गरी आवश्यक संशोधन गर्न सकिनेछ ।